+
+
Shares

हिमेशदेखि अनुष्का, रीमा, असिमसम्म : ४ कलाकार बने रास्वपा केन्द्रीय सदस्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १३:१७

काठमाडौ । कला र सौन्दर्य क्षेत्र सम्बद्ध ४ जना सेलिब्रेटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । गएराति केन्द्रीय सदस्यको अन्तिम परिणाम घोषणा गरिएको थियो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका फिल्म निर्देशक असिम शाह, अभिनेत्री तथा टिभी होस्ट समेत रहेकी रास्वपा सांसद रिमा विश्वकर्मा र कमेडियन हिमेश पन्त खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

पूर्वमिस नेपाल समेत रहेकी रास्वपा सांसद अनुष्का श्रेष्ठ आदिवासी जनजातितर्फदेखि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

रास्वपा महाधिवेशनको अन्तिम दिन शुक्रबार पदाधिकारीको चुनाव भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?