+
+

दीपकराज गिरीलाई बालेनको जवाफ : बालेनहरु कति जना छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते २०:१९

१० माघ, काठमाडौं । अभिनेता दीपकराज गिरीले गृहमन्त्री रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साह बालेनको समर्थन गर्दैै सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा उल्टै बालेनले प्रश्न गरेका छन् ।

गिरीले राजनीतिक दलहरुलाई वर्षौंसम्म कुरेको भन्दै रवि बालेनहरुलाई कम्तीमा पाँच वर्ष कुरौं भनेर लेखेका छन् । ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौं विश्वास गर्‍यौं, अब रवि बालेनहरू आएका छन् । उनीहरूलाई कमसेकम पाँच वर्ष त विश्वास गरौं,’ उनले लेखेका छन् ।

प्रतिक्रियामा मेयर बालेनले लेखेका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरु पनि छन् ? छन् भने किन पाँच वर्ष कुर्नु ?’

पछिल्लो समय सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाका कारणले पनि बालेन विवादमा पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?