+
+

शेखरको प्रश्नः आत्मदाहको घटना दोहोरिन नदिने कि सत्ताको अंकगणितमै अल्झिरहने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १०:४३

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन् ।

नेता कोइरालाले बुधबार बिहान फेसबुकमा एक टिप्पणी गर्दै उनले युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने बताएका छन् । ‘प्रेमप्रसाद आचार्यले संघीय संसद भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ’ उनले लेखेका छन् ।

उनले अगाडि प्रश्न गरेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणितमै अल्झिरहने ?’

संघीय संसद भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि व्यक्त भइरहेको छ । आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?