+
+

माइतीघरबाट प्रश्न : देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ माघ ११ गते १४:२३

११ माघ, काठमाडौं । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर प्रेमप्रसाद आचार्यले आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

युवाहरुको एक समूहले आचार्यले आत्महत्या गर्नुमा राज्य दोषी रहेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले आचार्यले राखेका मागहरु सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी युवाले देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, गरिखान देउ, प्रेमप्रसादको आत्महत्या होइन हत्या हो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए । र्‍याली नयाँ बानेश्वरसम्म आएपछि कोणसभा पनि गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?