+
+

कर्णालीको मन्त्रिपरिषद् समावेशी बनाउन उर्मिलालाई बनाइयो राज्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १९:३३

११ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले डोल्पाकी उर्मिला बिकलाई राजमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश मन्त्रिपरिषदलाई समावेशी बनाउन भन्दै उनले नेकपा माओवादी केन्द्रकी बिकलाई राज्यमन्त्री बनाएका हुन् ।

डोल्पाबाट समानुपातिक पद्धतिबाट सांसद बनेकी बिकलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको छ । प्रदेश सरकारमा दलित र महिलाको सहभागिता शून्य भएपछि अन्य मन्त्रीहरुले शपथ खाइसकेपछि अन्तिममा बिकलाई राज्यमन्त्री नियुक्त गरिएको छ ।

सबै मन्त्री पुरुष र खस आर्य समुदायका छन् । राज्यमन्त्री  बिकले पनि पद तथा गोपनीयताको शपथ लिइसकेकी छन् । उनलाई मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

यसअघि ८ सदस्यीय मन्त्रिपरिषदलाई घटाएर ७ बनाइएको थियो । एउटा मन्त्रालय घटाइए पनि एक राज्यमन्त्री थपेर पुन ८ सदस्यीय नै बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?