+
+

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते ११:३४

१२ माघ, बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको केराबारीमा ना ८ ख ७९२४ नम्बरको टिपर बुधबार राति दुर्घटना हुँदा टिपर चालक स्याङ्जा गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको उक्त टिपर बुधबार राति पौने १२ बजे तिर सडकबाट १२ सय मिटर तल खसेको थियो ।

खोजतलास गर्दा चालकको शव बिहीबार बिहान तिनाउ नदीको पानीमा फेला परेको डीएसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?