+
+

राष्ट्रपतिको चुनावमा के गर्ने ? प्रचण्डले मागे पार्टी नेताहरुको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १७:१२

१२ माघ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति चुनावका विषयमा नेताहरुको धारणा माग गरेका छन् ।

बिहीबार सुरु भएको स्थायी समिति बैठकमा उनले राष्ट्रपति निर्वाचनमा पार्टीले के निर्णय लिने भन्ने विषयमा धारणा मागेका एक स्थानीय समिति सदस्यले बताए ।

‘सरकार निर्माण गर्दा एमालेले राष्ट्रपति लिने बुझाइ बनेको थियो,’ बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै ती स्थायी समिति सदस्यले भने, ‘तर, यसबारे अहिले गम्भीर प्रश्नहरु उठिरहेका छन् । यसबारे के गर्ने भन्नेमा तपाईंहरुले राय दिनुपर्छ । यही समितिबाट केही न केही निर्णय गर्नुपर्छ ।’

नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि प्रचण्डलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।

त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरुको बैठक बोलाएर राष्ट्रपति चुनावका विषयमा छलफल गरेका थिए । माओवादीका कतिपय नेताहरुले राष्ट्रिय सहमतिमा आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै स्थायी समिति सदस्य देवेन्द्र पौडेलले यसमा कांग्रेससित समेत सहमति खोज्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?