+
+

हिमालयन बैंकले गर्‍यो निःशुल्क आँखा शिविर र रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते २०:५६

१२ माघ, काठमाडौं ।  हिमालयन बैंक लिमिटेडले माछापुछ्रे गाउँपालिका–१ स्थित माछापुछ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले बैंकले ३०औं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डेसनको सहकार्यमा र बंैकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न पनि गरेको छ ।

डा. सन्यम बजिमय र उनको टोलीको नेतृत्व, नेत्रधाम फाउण्डेसनको सहकार्य तथा हिमालयन बंैकको आर्थिक सहयोगमा मिति ४ माघदेखि ६ माघ सम्म निःशुल्क आँखा परीक्षण शिविर भएको हो ।

उक्त तीन दिने शिविरमा माछापुछ्रे्  गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराएर लाभ लिएका थिए ।

बंैकले कर्मचारी संगठनको समन्वयमा ७ माघमा कमलादीस्थित केन्द्रिय कार्यालयमा भएको रक्तदान कार्याक्रममा करिब १०० जनाले रक्तदान गेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?