+
+

अमेरिकी राजदूतले गरे काठमाडौंको इनसेसेन्ट रेन फिल्म स्टुडियोको अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १२:१३
नेपालका लागि अमेरिकाका राजदूत डीनआर थम्पसन (बीचमा) इनसेसेन्ट रेन फिल्म स्टुडियोको अवलोकन गर्दै

काठमाडौं । नेपालका लागि अमेरिका राजदूत डीनआर थम्पसनले नेपालको चर्चित भिजुअल इफेक्ट तथा एनिमेसन फिल्म स्टुडियो इनसेसेन्ट रेनको अवलोकन गरेका छन् । छाउनीस्थित स्टुडियोको भ्रमण गर्दै उनले फिल्मको पढाइ थालेका विद्यार्थीलाई उत्साहपूवर्क सिक्न सुझाव समेत दिए ।

हात्तीसारस्थित कार्यालय र छाउनीको स्टुडियोमा झण्डै दुई घण्टा बिताएका राजदूत थम्पसनले त्यहाँ हुने कामको शैली र तरिकाबारे जिज्ञासा राखेका थिए । राष्ट्रसंघीय नियोग युनेस्कोका नेपाल प्रमुख माइकल क्राफ्टले पनि सोही अवसरमा स्टुडियो अवलोकन गरे ।

इनसेसेन्ट स्टुडियोले सञ्चालनमा ल्याएको एकेडेमी गत सोमबारदेखि सञ्चालनमा आएको हो । जहाँ भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, फिल्म निर्माण, ग्राफिक्स डेभलपमेन्ट र एप डेभलपमेन्टका कक्षाहरु सञ्चालन हुनेछन् । हलिउड स्टुडियो डिज्नीमा काम गरेको अनुभव बटुलेका प्रविधिविज्ञ किरणभक्त जोशीले अमेरिकाबाट फर्किएर स्टुडियो र एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।

एकेडेमी सञ्चालनका लागि जोशीले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राइभेट इक्विटी कम्पनी टीएनए एसोसिएट्ससँग सहकार्य गरेका छन् । अवलोकन भ्रमणमा राजदूत थम्पसनले सञ्चालक जोशीको योगदानको प्रशंसा गरे ।

नेपालमा गुणस्तरीय भिजुअल इफेक्ट्स तथा एनिमेसनलाई मनोरञ्जन उद्योगको आवश्यकता ठानेर आफूहरुले एकेडेमी सञ्चालनमा ल्याएको जोशीले बताए । यसले दक्ष जनशक्तिको विश्वव्यापी अभावलाई मेटाउन भूमिका खेल्ने उनको अपेक्षा छ ।

उक्त अवसरमा जोशीले भने, ‘सिर्जनात्मक क्षमता भएका दक्ष जनशक्तिको विश्वव्यापी अभावले नेपालको लागि ठूला अवसर सिर्जना गरेको छ । किनभने नेपालको जनसंख्याको आधाभन्दा बढी युवा समूह छ र उनीहरुका लागि लाभदायक रोजगारीका अवसर चाहिन्छ । नेपालको लागि प्राप्त यी अवसरहरूलाई शीघ्र हासिल गर्नु जरुरी छ र इनसेसेन्ट रेन एकेडेमीले त्यही लक्ष्यमा काम गर्नेछ ।’

उनले भने, ‘हलिउड फिल्महरु ‘कुङफु पाण्डा’, ‘फोर्टिन पिक्स’ र ‘स्क्विड गेम’जस्ता विश्वव्यापी चर्चित एसियाली कथाका फिल्म यसका उदाहरण हुन् । पछिल्लो समय त्यस्ता प्रकारका सामग्रीको माग बढेको छ र अझै बढ्ने अपेक्षा गरिएको छ । इनसेसेन्ट रेन स्टुडियो र एकेडेमी यस प्रकारको उच्च गुणस्तरीय सामग्रीको विश्वव्यापी माग पूरा गर्नको लागि सधैं तयार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?