+
+

ओलीलाई भेट्न बालकोट पुगे वसुन्धरा भुसाल र चैत्यदेवी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १३:५०

काठमाडौं । अभिनेत्रीहरु चैत्यदेवी र वसुन्धरा भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

विवादास्पद सिभिल सहकारीमा फसेको निक्षेप फिर्ता ल्याउन मद्दत माग्दै अभिनेत्रीद्वयसहित २५ जना पीडित ओली निवास बालकोट पुगेका थिए । उक्त सहकारीका सञ्चालक इच्छाराज तामाङ एमालेका पूर्वसांसद समेत भएकाले यो समस्यामा अध्यक्ष ओलीले मद्दत गर्न सक्ने आशा लिएर आफूहरु बालकोट पुगेको अभिनेत्री भुसालले अनलाइनखबरलाई बताइन् ।

उक्त सहकारीमा भुवन चैत्य वसुन्धरा फाउण्डेसनका १५ लाख रुपैयाँसहित २५ जनाको दुई करोड ६० लाख रुपैयाँ फसेको भुसालले जानकारी दिइन् । प्रथम नेपाली फिल्म नायिका भुवन चन्दसहित चैत्यदेवी र वसुन्धरा भुसालको नाममा उक्त फाउण्डेसन खुलेको थियो । यसअघि पनि वसुन्धरासहितका अभिनेत्री यो समस्यालाई लिएर विभिन्न ठाउँमा पुगेका थिए ।

ओलीले यो समस्या सरकारले समाधान गर्नुपर्ने बताउँदै समस्या समाधानमा आफूले पहल गर्ने आश्वासन दिएका थिए ।

उक्त सहकारीले बचतकर्तालाई ७ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । तामाङसहित १३ जनालाई प्रहरीले २०७८ सालको असोज १८ गते पक्राउ परेको थियो । तामाङकी श्रीमती सिर्जना शाक्य पनि साउन ३ गते पक्राउ परेकी थिइन् । त्यतिबेला सहकारीबाट ठगिएको भन्दै १ हजार ५३० जना बचतकर्ताले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?