
माघ १३, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको मुद्दालाई अब सदनबाट उठाउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले बताएकी छिन् ।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले गरेको कार्यक्रममा सरकारले २०औ पटक अनसनमा गरेको सम्झौता सम्बोधन नभएको उल्लेख गर्दै मन्त्री कार्कीले अब सदनबाट आवाज उठाउने बताएकी हुन् ।
‘हिजो म आफैं सडकबाट आवाज उठाउँदै आएको थियो । आज सदनमा पुगेको छु । डा. केसी उठाउनु भएको सबै जायज मागलाई सम्बोधन गराउनेमा प्रतिबद्ध छु,’ मन्त्री कार्कीले भनिन् ।
डा. केसीले उठाएका स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका हरेक जायज मुद्दालाई सम्बोधन गर्न प्रयासरत हुने उनको भनाइ छ ।
डा. केसीले उठाएका सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने, हरेक स्वास्थ्य संस्थामा दरबन्दी सुनिश्चित, देशको कुना–कुनमा जनताको सहज पहुँज पुग्ने गरी निःशुल्क औषधि उपलब्ध गराउने, प्रादेशिक अस्पतालले दिनुपर्ने विशिष्टकृत सेवा र सम्बन्धन पाएका मेडिकल कलेज सञ्चालन गर्न प्रयासरत रहेको उनले बताइन् ।
‘उहाँको एक-एक मागलाई प्राथमितामा राखेर काम सम्बोधन गर्न प्रयास गरिरहेको छु। त्यसका लागि अनौपचारिक रुपमा डा. केसीसँग चरणबद्ध रुपमा छलफल भइरहेको छ,’ डा. मन्त्री कार्कीले भनिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4