+
+

शनिबारसम्म नेपालमा ‘पठान’को कमाइ ५ करोड हाराहारीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १४ गते १६:४३

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले तीन दिनमा नेपाली बक्सअफिसमा तीन करोड रुपैयाँ हारहारीमा कमाइ गरेको छ । बुधबारदेखि रिलिज भएको यो फिल्मले शनिबार एकैदिनमा डेढदेखि २ करोडसम्म कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

जसअनुसार प्रदर्शनको चार दिनसम्म फिल्मको कूल कमाई साढे चारदेखि पाँच करोड ग्रस पुग्ने प्रक्षेपण छ । शनिबार मल्टिप्लेक्स र सिंगल स्क्रिनसहित देशभरका हलहरुको अकुपेन्सी शतप्रतिशत जस्तै देखिएको छ । जसअनुसार फिल्मको शनिबार मात्रैको कमाइमा उछाल आउने देखिन्छ ।

पहिलो दिन बुधबार फिल्मले एक करोडभन्दा बढीको ओपनिङ गरेको थियो । ‘पठान’ देखाउन बन्द भएका ६ वटा नेपाली सिंगल स्क्रिन समेत संचालनमा आएका थिए । शाहरुखको फिल्म चारवर्षपछि रिलिज भएकाले पनि दर्शकमाझ पर्खाइ थियो ।

फिल्मले भारतीय बक्सअफिसमा तीन दिनमा २०१ करोड र विश्वभर ३१३ करोड भारुको कमाइ गरेको बलिउड ब्यापार विश्लेषक तरण आदर्शले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?