+
+

तपाईंको स्मार्टफोन हरायो ? यी ५ काम गरिहाल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते ७:५०

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकीको अहम् हिस्सा बनिसकेको छ । हाम्रा हरेक कामहरु फोनबाटै गर्न सकिने भएका छन् । बैंकको काम होस् वा भुक्तानीको होस् हरेक कामका लागि स्मार्टफोन नै काममा आउँछ ।

मोबाइल सेवा तथा अनलाइन सेवाका कारण हातमा भएको फोनबाट चुट्कीको भरमा धेरै काम गर्न सकिन्छ । त्यसैले हामी आफ्नो फोनमा धेरै निर्भर हुन्छौँ र फोनमा आफ्ना धेरै डाटाहरु राखेका हुन्छौँ ।

यस्तोमा यदि फोन चोरी भयो वा हरायो भने हामी तिल्मिलाउनु स्वभाविकै हो । आफ्नो फोन चोरी भएको वा हराएको अनुभव हामीमध्ये अधिकांसको हुनसक्छ । तपाईंले आफ्नो फोन हराए लगत्तै के गर्नुहुन्छ ?

धेरैले गर्ने पहिलो काम भनेको सम्भावित ठाउँमा गएर खोज्ने तथा पुलिसमा निवेदन दिने हुन्छ । तर यी काम बाहेक तपाईंले फोन हराउँदा वा चोरिँदा बित्तिकै गर्नुपर्ने ५ वटा काम यी हुन्ः

तुरुन्तै डेटा हटाउनुहोस् 

जब तपाईंको फोन हराउँछ त्यसको सिधा असर तपाईंको खल्तीमा पर्दछ, अर्थात् खर्च बढ्छ । तर फोनको मूल्यभन्दा उक्त फोनमा तपाईंले संग्रहित गरेका आफ्ना निजी डेटा धेरै मूल्यवान हुन सक्दछन् । त्यसैले ती विवरण, कागजात तथा सामग्रीहरु कुनै गलत हातमा पुग्नुभन्दा अगाडि नै तपाईंले त्यसलाई डिलिट गर्न सक्नुहुन्छ । आइफोन प्रयोगकर्ताले आइक्लाउड डट कममा गएर find device  फिचरबाट आफ्नो हराएको आइफोनमा रहेका डाटा हटाउन सक्छन् भने एन्ड्रोइड प्रयोगकर्ताको फोन गुगल अकाउन्टसँग जोडिएको हुन्छ ।

आफ्नो फोन ट्रयाक गर्नुहोस्

चोरी भएको वा हराएको फोन पनि ट्रयाक गर्न सकिन्छ । आइफोनमा Find my Iphone फिचर रहेको छ । यस्तो फिचर एन्ड्रोइडमा पनि हुन्छ । तर यसका लागि तपाईंको स्मार्टफोन लोकेसन खुल्ला हुनु पर्दछ ।

बैंक अकाउन्टलाई सुरक्षित बनाउनुहोस् 

फोनमा रहेका बैंक अकाउन्टका एपहरुमा प्रायः अकाउन्टहरु लगआउट नगरी खुल्लै छाड्ने बानी धेरैको हुन्छ । त्यसैले तपाईंको फोन हरायो भने तपाईंको अनलाइन बैंकिङ अकाउन्टमाथि गलत मानिसको पहुँच नपुगोस् भन्नका लागि तपाईंले आफ्ना सबै अनलाइन बैंकिङको पासवर्ड परिवर्तन गर्नुहोस् । त्यसका साथै एटिएम पिन पनि परिवर्तन गर्नुहोस् ।

सोसल मिडिया प्लाटफर्मको पासवर्ड पनि बदल्नुहोस्

स्मार्टफोनमा फेसबुक, ट्विटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडिया प्लाटफर्म खुल्लै हुन्छन् । त्यसैले तपाईंको फोन अर्को व्यक्तिको हातमा पर्दा त्यस्ता खुल्ला रहेका सोसल मिडिया प्लाटफर्मका साथै जिमेल लगायतको पनि दुरुपयोग हुने जोखिम हुन्छ ।

तपाईंले अकाउन्ट लगइन भएका सबै डिभाइसहरुबाट घरमै बसेर एकसाथ लगआउट गर्न सक्नुहुन्छ । त्यसैले सबैभन्दा पहिले सबै डिभाइसहरुबाट आफ्नो सोसल मिडिया अकाउन्टहरु लगआउट गर्नुहोस् । त्यसपछि आफ्ना सबै सोसल मिडिया तथा इमेल समेतको पासवर्ड परिवर्तन गरिहाल्नुस् ।

सिम कार्ड ब्लक गर्नुहोस् 

फोन चोरी वा हराएपछि प्रहरीमा निवेदन दर्ता गराएसँगै सम्बन्धित टेलिकम अपरेटरमा निवेदन दिएर तुरुन्तै आफ्नो सिमकार्ड ब्लक गराउनुहोस् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?