+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बेलायती प्रधानमन्त्री ऋषि सुनकले गरे पार्टी अध्यक्षलाई बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते २०:५०

लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आइतबार सत्तारुढ कन्जरभेटिभ पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गरेका छन् । कर मामिलाको अनुसन्धानपछि अध्यक्ष जाहावीलाई दोषी देखिएपछि मन्त्रीपदको पदीय मर्यादाको ‘गम्भीर उल्लङ्घन’ गरेको भन्दै सरकारबाट बर्खास्त गरिएको हो ।

गत वर्ष राजनीतिक उथलपुथलको अवधिमा बेलायतको अर्थमन्त्री रहेका जाहावीलाई पछिल्लो समय करोडौं डलरको भुक्तान नगरिएका कर बिल सुल्झाएको आरोपमा राजीनामा दिन व्यापक दबाब दिइएको थियो। त्यसपछि व्यापक विवादमा आएका जाहावीलाई बर्खास्त गरिएको हो ।

प्रधानमन्त्री सुनकले भनेका छन्ऋ, ‘स्वतन्त्र अनुसन्धान पूरा भएपछि उहाँबाट पदीय मर्यादाको गम्भीर उल्लङ्घन भएको पाइएको छ र उहाँलाई मन्त्री पदबाट हटाउने निर्णयबारे राजालाई पनि जानकारी गराइएको हो ।’

जाहावीले शुरुमा आफ्नो कर मामिलाको बारेमा मिडिया रिपोर्टहरूलाई अस्वीकार गरे पनि पछिल्लो समय केही अनियमितता भएको स्वीकार गरेका थिए । गार्जियनले करिब ५० मिलियन पाउण्ड (६.१९ मिलियन अमेरिकी डलर) को अनुमानित कर बिलमा अनियमितता भएको उल्लेख गरेको छ ।

बेलायतमा यदि कसैले समयमै कर तिर्न असफल भएमा जरिवाना लागू हुन्छ। सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?