+
+

अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते ७:३८

१६ माघ, काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन् ।

उनले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यद्यपि भेटवार्ताको समय भने सार्वजनिक गरिएको छैन । भेटमा एमसीसी परियोजना कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नुल्याण्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार अमेरिकाको राजधानी वाशिङटन डिसीबाट सिधै काठमाडौं आएकी थिइन् ।

गत मंसिर ४ को आम निर्वाचनबाट प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । उनले पाटन दरबार स्क्वायरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?