+
+

यूटीएलको नाममा ५ अर्ब ३० करोड बढी बक्यौता, माघ मसान्तभित्र तिर्न ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते ७:४५

१६ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई ५ अर्ब ३० करोड भन्दा बढी बक्यौता रकम तिर्न ताकेता गरेको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर ५ अर्ब ३० करोड ९४ लाख ९४ हजार १५३ रुपैयाँ बाँकी बक्यौता रकम माघ मसान्तसम्म बुझाइसक्न भनेको हो ।

प्राधिकरणका अनुसार २०७३ भदौ २० गते युटिएलका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र जारी गरिएको थियो ।

त्यसपश्चात युटिएलबाट नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामिण दूरसञ्चार विकास कोष लगायतको बक्यौता रकम दाखिला गर्न बाँकी छ ।

माघ मसान्तभित्र बक्यौता रकम नतिरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?