+
+

शहीदले देखेको सपना स्वतन्त्रता मात्रै होइन, समृद्धि पनि हो : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १०:१०

१६ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदले देखेको सपना राजनीतिक स्वतन्त्रता मात्र नभई समृद्धि भएको बताएका छन् ।

शहीद दिवसको अवसरमा शुभकामना दिंदै अध्यक्ष ओलीले अहिले त्यही समृद्धिको अभियानमा लागि परेको बताएका छन् ।

‘यतिबेला हामी शहीदहरुको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा छौं’ ओलीले जारी गरेको सन्देशमा भनिएको छ ।

सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्रै शहीदले देखाएको मार्ग अनुसरण गर्न सकिने उनको भनाइ छ ।

उनले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ एमाले लागेको दाबी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?