+
+

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १३:५९

१६ माघ, काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।

उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?