+
+

रिल्सलाई फेसबुक स्टोरीमा कसरी सेयर गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १७:४१

टिकटकको प्रतिस्पर्धीको रुपमा पछिल्लो समय भिडियो प्लेटफर्म Reels लोकप्रिय हुँदै गएको छ । फेसबुक मातहतको प्लेटफर्मको रुपमा रहेको इन्स्टाग्राम रिल्सलाई चर्चित बनाउन फेसबुकले विभिन्न फिचरहरु उपलब्ध गराउने गरेको छ ।

प्रयोगकर्ताले आफ्ना रिल्स भिडियोलाई फेसबुक, ह्वाट्सएप तथा ट्वीटरलगायत प्लेटफर्ममा सेयर गर्न सक्छन् । रिल्सलाई आफ्ना धेरैभन्दा धेरै साथीसँग पुर्‍याएर लोकप्रिय बनाउने सबैभन्दा सजिलो र छिटो माध्यम चाहिं त्यसलाई फेसबुक स्टोरीमा सेयर गर्नु नै हो । यसो गर्दा तपाईंको रिल्स भिडियोमा धेरै भ्युज आउने सम्भावना हुन्छ । रिल्सलाई फेसबुकको स्टोरीमा कसरी गर्ने सेयर गर्ने त ?

–    सबैभन्दा पहिलो आफ्नो फेसबुक लगइन गर्नुहोस् । यदि फेसबुक एप अपडेट छैन भने सुरुमा एप अपडेट गर्नुहोस् ।

–     त्यसपछि फेसबुक प्रोफाइल आइकनमा जानुहोस् । त्यहाँ तपाईंले Post र Reels गरी दुईवटा आइकन देख्नुहुन्छ । त्यसमध्ये च्भभकि को अप्सनमा थिच्नुहोस् ।

–     त्यसपछि तपाईंले जुन रिल्स भिडियो सेयर गर्न चाहनुभएको हो त्यसलाई छान्नुहोस् ।

–     Reels मा ट्याप गरेपछि पिंधको दायाँपट्टिको छेउमा सेयर अप्सन देखिनेछ, त्यसमा ट्याप गर्नुहास् । त्यसपछि Share to your story अप्सन देखिनेछ । तपाईंले त्यसमा थिच्नुपर्नेछ । त्यति गरेपछि तपाईंले उक्त रिल्सलाई सिधै स्टोरीमा सेयर गर्न वा सम्पादन गरेर समेत सेयर गर्न सक्नुहुन्छ ।

–     त्यसक्रममा तपाईंले स्टोरीमा क्याप्सन लेख्न वा संगीत थप्न पनि सक्नुहुन्छ । साथै फेसबुक स्टोरीमा साथीहरुलाई ट्याग गर्न पनि सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?