+
+

प्रहरीको हिरासतबाट भागेका रोशन पक्राउ परे

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते २०:५१

१६ माघ, जनकपुरधाम । ईलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नम्बर-६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् ।

महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी हातहतियार तथा खरखजाना मुद्दामा शुक्रबार पक्राउ परेका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका थिए ।

अन्य पाँच जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?