+
+

गुगल क्रोममा कसरी राख्ने फिंगरप्रिन्ट लक ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १०:१६

काठमाडौं । गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि आफ्नो क्रोम ब्राउजरमा एउटा महत्वपूर्ण नयाँ सेक्योरिटी फिचर थप गरेको छ ।

उक्त नयाँ फिचरसँगै प्रयोगकर्ताले इनकोग्निटो मोडमा क्रोम ब्राउजर खोलेर त्यसमा फिंगरप्रिन्ट लक राख्न सक्नेछन् । इनकोग्निटो मोड भनेको त्यस्तो ब्राउजिङ हो जसमा तपाईंले इन्टरनेट चलाउँदा ब्राउजिङ हिस्ट्री, कूकिज, साइट डाटा तथा प्रयोगकर्ताले हालेका डाटाहरु डिभाइसमा सुरक्षित हुँदैनन् जसका कारण इन्टरनेट ब्राउजिङ सुरक्षित तथा प्राइभेट हुन्छ ।

इनकोग्निटो ट्याब्समा फिंगरप्रिन्ट लक फिचर राख्न सकिने यो फिचर गुगलले गत वर्षदेखि नै विकास गरिरहेको थियो र आइओएस प्रयोगकर्ताको क्रोम एपमा उपलब्ध गराइसकेको थियो । र, अन्ततः एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि क्रोम ब्राउजरमा बायोमेट्रिक लक फिचर सुरु गरेको हो ।

क्रोम ब्राउजरको इनकोग्निटो ट्याबमा फिंगरप्रिन्ट लक फिचर थप गर्नाले प्रयोगकर्ताका लागि उनीहरुको प्राइभेट ट्याब्समा सुरक्षाको एक अतिरिक्त तह थप गर्दछ र आफूले खोलिरहेको ब्राउजरमा अरु आएर सिधै खोलेर हेर्न नसक्ने हुन्छ । फिंगरप्रिन्ट लक राखेसँगै प्रयोगकर्ताले आफ्नो औँठाछाप प्रमाणिकृत गराएर मात्रै ब्राउजरको ट्याब अनलक गर्नुपर्ने हुन्छ ।

ब्राउजर बन्द गर्दा वा मिनिमाइज गर्दा इनकोग्निटो ट्याबहरु आफै लक हुन्छन् । यस्तोमा प्रयोगकर्ताले आफ्नो फिंगरप्रिन्ट स्क्यान गरेर मात्र वेब ब्राउजर खोल्न सकिन्छ ।
क्रोम ब्राउजरमा फिंगरप्रिन्ट लक फिचर कसरी प्राप्त गर्ने ?

यो फिचर एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत क्रोम एपमा उपलब्ध गराएको गुगलले बताएको छ । यद्यपि यो तत्कालका लागि भने चालू प्रक्रियाकै रुपमा रहेको छ । त्यसैले यो तपाईंको फोनमा उपलब्ध भैसकेको वा हुने क्रममा रहेको पनि हुनसक्छ ।

तपाईंले गुगल प्ले स्टोरमा गएर पनि क्रोममा कुनै नयाँ अपडेट भए नभएको हेर्न सक्नुहुन्छ ।

गुगल क्रोममा फिंगरप्रिन्ट लक फिचर राख्नका लागि सबैभन्दा पहिले क्रोम ब्राउजर खोलेर Chrome Settings मा गई Privacy and Security मा ट्याप गर्नुपर्छ । त्यसपछि Lock incognito tabs लाई turn on गर्नु पर्दछ ।

यसो गरेसँगै तपाईंले क्रोमका सबै इनकोग्निटो ट्याबहरु आफ्नो फिंगरप्रिन्टले लक गर्न सक्नुहुन्छ । क्रोमले यसका लागि तपाईंलाई पुनः आफ्नो फिंगरप्रिन्ट दिन अह्राउने छैन । तपाईंको स्मार्टफोनमा पहिले नै दर्ता भैसकेको तपाईंको फिंगरप्रिन्ट डाटाको नै यसले प्रयोग गर्नेछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?