+
+

साफ यू-२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाने टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १६:४९
बिदाइपछि सामूहिक तस्वीर खिचाउँदै नेपाली टिम । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

१७ माघ, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाने टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फामा भएको एक कार्यक्रमकाबीच नेपाली टोलीको बिदाइ गरिएको हो ।

फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपाल र आयोजक बंगलादेशसति भारत र भुटानसहित चार टिमको सहभागिता हुनेछ ।

नेपालले पहिलो खेल घरेलु टोली बंगलादेशबीचसँग फेब्रुअरी ३ मा खेल्नेछ । यस्तै नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ ।

सिंगल राउण्ड रोविन लिगमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन् ।

यामबहादुर गुरुङ मुख्य प्रिशक्षक रहेको टोलीमा सिनियर राष्ट्रिय टिमका तीन खेलाडी दिपा शाही, प्रीति राई र अमिसा कार्की छन् । राई कप्तानको जिम्मेवारीमा पनि छिन् ।

सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।

पहिलो पटक यो प्रतियोगिता यू–२० फर्म्याटमा आयोजना हुन लागिएको हो ।  पहिलो संस्करणमा उपविजेता बनेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन । २०२१ र २०२२ मा नेपाल तेस्रो भएको थियो ।

नेपाली टिम टोली

गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी

डिफेण्डर : सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिति राई (कप्तान) अन्जली मचामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, अन्जली चन्द

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?