+
+

एन्जो फर्नान्डेज चेल्सी जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते ९:३०

१८ माघ, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले बेनफिकाका अर्जेन्टिन्टाइन मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्राउने पक्का भएको छ ।

एन्जोका लागि बेलायती कीर्तिमानी रकम १२१ मिलयन युरो (१०७ मिलयन पाउण्ड) तिर्न चेल्सी सहमत भएको बीबीसीले जनाएको छ ।

यो सम्झौताले म्यानचेष्टर सिटीले सन् २०२१ मा ज्याक ग्रेलिसलाई तिरेको १०० मिलयन पाउण्डलाई पछि पार्नेछ ।

पोर्चुगिज क्लब बनेफिकाले स्टेटमेन्ट जारी गर्दै एन्जो फर्नान्डेजका लागि चेल्सीसँग सहमति भएको जनाएको छ ।

कतारमा नोभेम्बर–डिसेम्बरमा सम्पन्न विश्वकपमा अर्जेन्टिनालाई विश्वकप जिताउन मद्दत गर्दै उत्कृष्ट युवा खेलाडी बनेका एन्जोलाई भित्राउने चेल्सीले लगातार प्रयास गरिरहेको थियो र ट्रान्सफरको अन्तिम समयमा आएर मात्र सफल भएको हो ।

एन्जो फर्नान्डेज गत अगष्टमा मात्रै १० मिलियन पाउण्डमा अर्जेन्टिनाको रिभर प्लेटबाट बेनफिकामा अनुबन्ध भएका थिए ।

ट्रान्सफर मार्केटका अनुसार २२ वर्षीय एन्जोको आगमनपछि चेल्सीले जनवरीमा खेलाडीका लागि २८८ मिलियन पाउण्ड खर्च गरिसकेको छ ।

यस्तै एन्जो फर्नान्डेज संयुक्त रुपमा छैटौं महँगा अनुबन्ध बनेका छन् । यसअघि सन् २०१९ मा बार्सिलोनाले एन्टोनी ग्रिजमनलाई १२० मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?