+
+

मिलन पाण्डेले राजेश हमाललाई भेटेर सोधे–राजनीतिमा आउने सम्भावना छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते ८:५७

१९ माघ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे र सोही पार्टीका पूर्व बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले नायक राजेश हमालसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको ताजा अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् । साथै, संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उनको भनाइ छ ।

नेता पाण्डेले लेखेका छन्, ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनुहुन्न, एउटा सचेत नेपाली नागरिक र बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ। आज धेरै पछि उहाँसँग राजनीतिको कुरा भयो । संविधानका आधारभूत विशेषताबारे छलफल भयो। वैकल्पिक राजनीतिबारे छलफल भयो। उहाँको बुझाइबाट मेरो उहाँप्रतिको धारणा थप बलियो बन्यो।’

पाण्डेले आफूहरूले नायक हमाललाई राजनीतिमा आउने सम्भावना कस्तो छ भनेर सोधेको बताएका छन् । तर, हमालले दिएको जवाफबारे उनले खुलाएका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?