+
+

‘ठूला फिल्म’ आउने भएपछि ‘परस्त्री’ र ‘परदेशी २’को रिलिज रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १२:५९

काठमाडौं । कोशिश क्षेत्री र शिल्पा मास्केको प्रमुख अभिनय रहेको फिल्म ‘परस्त्री’ले फागुन १९ गतेको पूर्वनिर्धारित रिलिज योजना स्थगित गरेको छ । उक्त मितिमा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि प्रदर्शन रोकिएको हो ।

निर्मात्री शर्मिला पाण्डेले प्राविधिक काममा ढिलाइ हुँदा उक्त मितिमा फिल्म नआउने बताइन् । केही दिनअघिसम्म निर्माताले फागुन १९ मा फिल्म ल्याउने भन्दै प्रचारप्रसारलाई तीव्र बनाएका थिए ।

दीपेन्द्र के खनालद्वारा लिखित यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । फिल्मलाई नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने योजनासहित नयाँ रिलिज मिति घोषणा गर्ने पाण्डेले बताइन् ।

यसैबीच गायक प्रकाश सपुतको डेब्यु अभिनय रहेको फिल्म ‘परदेशी २’को पूर्वनिर्धारित फागुन ५ गतेको प्रदर्शन रोकिएको छ । निर्माताले यसबारे केही उल्लेख नगरे पनि रिलिज मिति आउन डेढ साता मात्र बाँकी रहँदा फिल्म आउने सम्भावना छैन । यो फिल्मलाई आगामी दशैंमा ल्याउने योजनमा निर्माता राजेश बंशल छन् ।

फागुन ५ गते फूलबारी लगायतका फिल्म रिलिज हुने भएपछि परदेशी २ रोकिएको हो । यसअघि यो फिल्म गत वर्षको दशैंमा आउने योजनामा थियो । स्रोतका अनुसार यो फिल्म रिलिज नभएसम्म प्रकाश सपुतले अर्को फिल्म नगर्ने सहमति गरेका छन् । यसर्थ पनि यो फिल्मलाई लिएर सपुतको पनि पर्खाइ व्यापक छ ।

चर्चित फिल्मको दोस्रो श्रृंखला रहेको परदेशी २ को टिजरले आशा गरेअनुसार प्रतिक्रिया पाउन सकेन । यसकारण निर्मातासामु अझै स्तरीय ट्रेलर ल्याउनुपर्ने दबाब छ । अमेरिका जाने सपना बुनिएको यो फिल्म प्रशान्त तामाङ स्टारर फिल्मको दोस्रो सिक्वेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?