+
+

एन्जो फर्नान्डेजमा के देख्यो चेल्सीले ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १८:४१

१९ माघ, काठमाडौं । बेनफिकाले एन्जो फर्नान्डेजलाई गत जुनमा ८८ लाख पाउण्डमा अनुबन्ध गरेको थियो । अर्जेन्टिनी क्लब लिभर प्लेटबाट पोर्चुगिज क्लब बेनफिकामा पुगेको ७ महिनामै उनले क्लब छाडेका छन् ।

बेनफिकाले खर्च गरेको भन्दा १० गुणा भन्दा पनि बढी रकममा उनी अब चेल्सीमा अनुबन्ध भएका छन् । विश्वकप विजेता एन्जो प्रिमियर लिगकै कीर्तिमानी रकममा अनुबन्ध भएका छन् ।

युरोपमा आधा सिजनमा मात्र बिताएका एन्जो फ्रनान्डेजलाई चेल्सीले ट्रान्सफर डेडलाइन डे मा १० करोड ७० लाख पाउण्डमा अनुबन्ध गरेको हो । जुन आजको विनिमय दर अनुसार १५ अर्ब २४ करोड नेपाली रुपैयाँ बराबर हुन्छ ।

१० महिनाअघि डिपेन्सा वाई जस्टिकामा लोन पूरा गरेर उनी रिभर प्लेट फर्केका थिए ।

उनी यस सिजन कति राम्रा छन् ?

हामीले यो प्रश्न पहिला पनि सुनेका छौं । खासै चर्चा नभएको खेलाडी विश्वकपमा गरेको प्रदर्शनको सहायताले ठूलो रकम पाउन सफल भए ।

एन्जो फर्नान्डेजले गत सेप्टेम्बरमा होन्डुरोस विरुद्ध बैकल्पिक खेलाडीको रुपमा मैदान छिर्नुअघि सिनियर टिमबाट खेलेका समेत थिएनन् ।

गत नोभेम्बर-डिसेम्बरमा भएको विश्वकपमा अर्जेन्टिनाका लागि समूहको अन्तिम खेल अघिसम्म उनले राष्ट्रिय टिममा पहिलो रोजाईँमा खेलेका थिएनन् ।

तर त्यसपछि भने उनले हरेक खेलमा पहिलो रोजाइमै अवसर पाए । कतारमा उनको रेकर्ड यस्तो थियो- एक गोल, एक असिस्ट । अनि उपलब्धि थियो- विश्वकप ट्रफी र योङ प्लेअर अफ दि टुर्नामेन्ट अवार्ड ।

कतारको यही उपलब्धीले उनीमाथि इंग्लिस क्लबले कीर्तिमानी रकम खर्चियो ।

समरमा वुल्फ फ्रनान्डेजलाई अनुबन्ध नजिक पुगेको थियो । तर उनी १० मिलियन युरोमा बेनफिका पुगे । जसमा रिभर प्लेटले बुद्धिमानीपूर्वक एन्जोको अर्को ट्रान्सफर फिको २५ प्रतिशत अधिकार आफूमै राखेको थियो ।

यो सहमति जुनमा घोषणा भएको थियो । तर त्यतिबेला कोपा लिबरटाडोरस जसलाई साउथ अमेरिकाको च्याम्पियनस लिग भनिन्छ, त्योपछि मात्रै  उनी बेनफिकामा आबद्ध हुने सोचिएको थियो ।

यदी रिभर प्लेट कोपा लिबरटाडोरसको फाइनलसम्म पुगेमा अक्टोबरसम्म क्बलमै बस्नुपर्ने थियो र यसको अर्थ उनी बेनफिका जान जनवरीसम्म कुर्नुपर्थ्यो । त्यसो भएको भए उनले अहिलेसम्म बेनफिकाका लागि सायदै खेलेका हुन्थे ।

तर सम्झौताको केही दिनपछि नै भेलेज सार्सफिल्डले रिभरलाई अन्तिम १६ मै हराएर बेनफिकाका लागि फाइदा हुने काम गरिदियो ।

त्यसको केही सातापछि नै एन्जोले बेनफिकाका लागि डेब्यु गरे । च्याम्पियन्स लिग क्वालिफायरमा मिट्जिल्याण्ड विरुद्ध गोल गरे । दोस्रो लेगमा फेरि उनले गोल गरे । त्यसपछि उनले पछाडि फर्कनुपरेन ।

एन्जो फर्नान्डेजले युरोपियन फुटबलमा २९ खेलमा ४ गोल गर्नुका साथै ७ असिस्ट गरे । तर यसले बक्स टु बक्स मिडफिल्डरको खेलको थोरै मात्र कथा भन्छ ।

च्याम्पियन्स लिगमा फर्नान्डेजको १९ ट्याकल भन्दा बढी ट्याकल गर्ने चार मिडफिल्डर मात्र छन् ।

उनले पोर्चुगलले शीर्ष लिगमा सबैभन्दा धेरै २८६ पास पूरा गरेका छन् ।

प्रिमिएरा लिगामा सेन्ट्रल मिडफिल्डरमध्ये बल क्यारी गर्नेमा एन्जो शीर्ष स्थानमा छन् । संख्या र दूरी दुवैतर्फ ।

युरोपका शीर्ष ६ लिगमा एक हजार वा धेरै मिनेट खेल्ने खेलाडीमध्ये एन्जो भन्दा ब्रागाका रिकार्डो होर्ता र नापोलीका खभिचा केभारात्स्केलियाले मात्र ९० मिनेटमा धेरै सट राखेका छन् ।

यही महिनाको सुरुमा पोर्चुगिज फुटबल पडकास्टर जाच लोएले भनेका छन्, ‘ बेन्फिकाका लागि फर्नान्डेज कत्तिको राम्रा छन् भनेर अनुमान गर्न गाह्रो छ’, उनले भनेका छन्, ‘उनीसँग साँच्चै पूर्ण कौशलता छ । उनी फ्लोरेन्टिनो लुइससँग डबल पिभोटमा खेलिरहेका छन्, जससँग धेरै डिफेन्सिभ प्रोफाइल छ, र उनीसँग एक गहिरो-प्लेमेकर र बक्स-टु-बक्स मिडफिल्डरको मिश्रण छ ।’

‘उनीसँग भएको एउटा त्रुटि भनेको उसको ट्याकलमा अलिकति हतार हुनु हो । उसले आफूलाई चाँडै बुक गर्न सक्छ (कार्ड पाउन सक्छ) त्यसैले उसलाई समायोजन गर्न आवश्यक पर्दछ ।’

फर्नान्डेजलाई आफ्नो २९ खेलमा सात पहेँलो कार्ड देखाइएको छ र च्याम्पियन्स लिगको अन्तिम समूह खेलमा निलम्बन गरिएको थियो ।

जारी सिजनअघि कस्तो थियो उनको प्रदर्शन ?

एन्जो फर्नान्डेज ६ वर्षको हुँदा रिभर प्लेटको एकेडेमीमा आबद्ध भएका थिए । उनले २०१९ मा क्लबका लागि डेब्यु गरे ।

उनले एन सिजन रिभर प्लेटको राइभल डिपेन्सा वाई जस्टिका लोनमा बिताए । उक्त क्लको प्रशिक्षक चेल्सीका पूर्व स्ट्राइकर समेत रहेका हर्नान क्रेस्पो थिए । त्यहाँ एन्जोले ३२ खेल खेल्दै एक गोल गरे ।

त्यस सिजन जस्टिकाले इतिहासमै दुई ठूला ट्रफी कोपा सुडेमरिकाना र रेकोपा सुडामेरिकाना जित्यो । यसलाई साउथ अमेरिकन भर्सनको युरोपा लिग र सुपर कप भनिन्छ ।

उनी २०२१ को समरमा रिभर प्लेट फर्किए । जहाँ ५३ खेलमा १२ गोल र १० असिस्ट गरेर उनले एक वर्षपछि क्लब छाडे ।

रिभर प्लेट इन इंग्लिस ट्वीटर एकान्ट चलाउने टम नासले भने, ‘रिभर प्लेटका लागि उनी क्लास थिए । २०२१ को लिगको उपाधि जित्ने ठूलो कारण उनको फर्म थियो । यो स्पष्ट थियो कि उनी २०२२ को शुरुवातमा उनी अन्तर्राष्ट्रिय खेल खेलाडी बन्ने थिए ।’

ब्यूनर्स आयर्स क्लबले पनि २५ प्रतिशत बिक्री सम्झौता यति राम्रोसँग जान्छ भनेर कल्पना गरेको थिएन ।

‘शुल्क र समय अचम्मको कुरा हो, तर नियमित च्याम्पियन्स लिगको प्रतियोगितामा उनको स्थानान्तरण अपेक्षित थियो,’ नासले भने ।

जुन महिनामा लिभरपुल वा चेल्सीले ६०-७० मिलियन पाउण्ड खर्च गर्ने अपेक्षा गरिएको नासले बताए । तर चेल्सीले गरेको खर्च अचम्मको रहेको उनले बताए । ‘उनीहरु समरमा एन्जोको लागि लडाईँ गर्न चाहन्छन् र त्यो प्रिमियम तिर्न इच्छुक छन् ।’

‘रिभर प्लेटले २५ प्रतिशत अधिकारको लागि राम्रो वार्ता गर्‍यो । त्यसैले उनीहरूले उसलाई गत वर्षको क्लज भन्दा कममा छोड्न दिए’, नासले भने ।

अर्जेन्टिना र पोर्चुगिज सिजनको समय फरक रहेकोले  फर्नान्डेजले एक वर्षभन्दा बढी समयदेखि लगातार खेलेका छन् ।

चेल्सी अहिले लिगमा १०औं स्थानमा छ ।

एक पूर्ण बेकार‘ शुल्क ?

फर्नान्डेजको द्रुत वृद्धि र ठूलो शुल्क  नि:सन्देश छानबिनमा आउनेछ, त्यसोभए के उसले पैसाको लायक प्रमाणित गर्नेछ?

‘एन्जो फर्नान्डेजले विश्वकपमा अर्जेन्टिनाको पहिलो रोजाईँमा पनि सुरु गर्न सकेनन्,’ युरोपेली फुटबल पत्रकार जेम्स होर्नकासलले युरो लिग पोडकास्टलाई भने । ‘एउटा चाखलाग्दो कुरा के हो भने अर्जेन्टिनाले आफ्नो पहिलो तीन खेलमा तीन फरक मिडफिल्डरहरू प्रयोग गर्‍यो ।

‘तपाईसँग खेलाडीको न्याय गर्नको लागि यस्तो सानो नमूना आकार छ । यसको मतलब यो होइन कि उनी एक उत्कृष्ट प्रतिभा होइन, तर १२ करोड यूरो भन्दा बढी तिर्ने विचार गर्नु अझै पनि पूर्णतया बेकार हो ।’ जेम्सले भने ।

यद्यपि, फ्रान्सेली पत्रकार जुलियन लरेन्स विश्वास गर्छन् कि मिडफिल्डर अन्ततः चेल्सीको लागि  ‘गेम चेन्जर’ बन्न सक्छन् ।

‘मलाई अझै लाग्छ कि उनी आफैंमा गेम चेन्जर हुन सक्दैनन्, उसलाई उनी बाहेक अरु कोही चाहिन्छ,’ उनले थपे, ‘बेनफिकामा उनी डबल पिभोटमा उत्कृष्ट छन् । एन्जो आठ नम्बरभन्दा बढी हुन्, बक्स-टु-बक्स ।’

‘हुनसक्छ उसले आफैंले चेल्सीका लागि त्यति फरक नपार्लान्, तर यदि तपाईंसँग उनको वरिपरि सही खेलाडीहरू छन् भने उनी एक अद्भुत अनुबन्ध हुन सक्छ । यदि तपाईंसँग त्यस्तो प्रकारको पैसा छ भने किन त्यसको लागि नजाने?’

बीबीसीका लागि एमलाइन बेग्लेले लेखेको लेखको भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?