+
+

अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते ११:३३

२० माघ, जनकपुरधाम । उचित मुआब्जाको माग गर्दै महोत्तरीमा अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम स्थानीयबासिन्दाले रोकेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं. ८ भगवानपुरमा काम अवरोध गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन् ।

महोत्तरीमा अहिले पोलमाथि तार तान्ने काम भइरहेको छ । स्थानीयबासिन्दाले तार मुनिको खेत र क्षति भएको बालीनालीको उचित मुआब्जा दिनु पर्ने माग गरिरहेका छन् ।

स्थानीय रामविनय यादवका अनुसार त्यस क्षेत्रमा पोल गाडिएको खेतको प्रति कठ्ठा ४ लाख ६८ हजार मुआब्जा दिइसकिएको छ । तर तार मुनिको खेतको प्रतिकठ्ठा ७० हजार २०० रुपैयाँ मात्र दिने भनिएको छ ।

तर स्थानीयबासिन्दाले तारमुनिको जमिनमा रुख विरुवा लगाउन र घर बनाउन नपाइने भएकाले पोल गाडिएकै खेतको बराबर मुआब्जा पाउने पर्ने माग राखेका छन् । उनीहरुले तारतान्दा क्षति हुने बालीको मुआब्जा दिनु पर्ने पनि अडान राखेका छन् ।

मुआब्जा नदिएसम्म तार तान्न नदिने उनीहरुले बताएका छन् ।

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमले अरुण तेश्रो जलविद्युत आयोजना बनाइरहेको छ । संखुवासभामा उत्पादन हुने विजुली महोत्तरी हुँदै भारत लैजान प्रसारण लाइन निर्माण भइरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि अनिलकुमारले सम्झौता अनुसार रकम दिइएको, दिइरहेको तर, त्यस भन्दा बढी रकम दिन नसकिने बताए । अन्य सबै स्थानमा सहज रुपमा काम भएको तर महोत्तरीको लोहारपट्टीमा मात्र अवरोध भएकाले तीनदिनदेखि काम ठप्प भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?