+
+

इथोपियामा रोजगारीको प्रलोभन देखाई भारत पुर्‍याइएका १२ महिलाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १४:४४

२० माघ, काठमाडौं । इथोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाई भारत पुर्‍याइएका १२ जना नेपाली महिलाहरुको उद्धार गरिएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्‍यूरो, भारतीय प्रहरी भारतीय संस्था हेल्प ट्रस्ट क्रस इन्डियार नेपालस्थित शान्ति पुनर्स्थापना केन्द्रको पहलमा भारतको जयपुरबाट उद्धार गरिएको हो । उनीहरुलाई माघ १९ गते नै उद्धार गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका १२ मध्‍ये २० देखि ३० वर्ष उमेर समूहका २ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ८ जना र ४१ भन्दा माथि उमेर समूहका २ जना रहेको प्रहरीले जनाएको छ ।

तस्करहरुले नेपालका विभिन्‍न नाकाहरुबाट मंसिर र पुस महिनामा भारत पुर्‍याइ दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाएको अनुसन्धानबाट खुल्न आएको छ ।

यस्तै नेपालबाट भारत लैजाने क्रममा जोगबनी, काँकडभिट्टा, जमुनाहा, सुनौलीलगायतका नाकाको प्रयोग भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?