+
+

एमाले दक्षिणपन्थी, माओवादीले सत्ता स्वार्थका लागि जे पनि गर्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते १३:२६

२१ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार पाटर्ीेको बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरेका छन् ।

अध्यक्ष नेपालले कांग्रेसलाई पुँजीवादी वर्गचरित्रको पार्टी तर संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

नेकपा एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भन्दै उसको वर्ग अडान स्पष्ट नभएको उल्लेख गरेका छन् । ‘दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ, यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध छैन’ उनले भनेका छन् ।

अध्यक्ष नेपालले नेकपा माअेावादी केन्द्र भने ढुलमुले चरित्रको रहेको बताएका छन् । ‘यसको पनि वर्ग अडान स्पष्ट छैन, सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रीय हुँदै गएको छ’ नेपालको प्रतिवेदनमा भनिएको छ ।

संविधान लोकतन्त्रप्रति प्रतिवद्ध भए पनि सत्ता स्वार्थका लागि जुनसुकै बेला कदम चाल्न सक्ने अस्थिर रहेको पनि उनले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने अध्यक्ष नेपालले पुँजीपति वर्ग चरित्रको पार्टी भन्दै यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा स्पष्ट नभएको बताएका छन् ।

यो पार्टी राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकपि्रयताको नारा दिएर उदाएको अध्यक्ष नेपालले बताएका छन् । ‘सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्नेछ’ उनले भनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको राजतन्त्र पुनस्र्थापना गर्न चाहेको उनले बताएका छन् ।

अध्यक्ष नेपालले श्रमजीवि वर्गको सच्चा प्रतिनिधिका रुपमा नेकपा एकीकृत समाजवादी मात्र रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

हेर्नुहोस् अध्यक्ष नेपालको प्रतिवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?