+
+

भीम रावललाई शिक्षामन्त्रीको प्रश्न : मेरो निजी विद्यालय कुन रहेछ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते १९:२४

२१ माघ, काठमाडौं । शिक्षामन्त्री शिशिर खनालले आफ्नो लगानी भएको निजी विद्यालय कुन हो त्यो बताइदिन नेकपा एमालेका नेता भीम रावललाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी विमोचन कार्यक्रममा बोल्दै एमाले नेता रावलले मन्त्रीहरुबारे टिप्पणी गरेका थिए ।

रावलले भनेका थिए, ‘आज मन्त्रीहरू हेरौं त । जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री । जसको निजी स्कुल एकदम महँगो छ, ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ निजलाई खोजीखोजी त्यहीं नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय …।’

यसको जवाफ फर्काउँदै शिक्षामन्त्री खनालले आफ्नो लगानी भएको निजी विद्यालय देखाइदिन आग्रह गरेका हुन् ।

‘मेरो लगानी भएको निजी विद्यालय कुन रहेछ, म खोज्दै थिएँ , डा. लाई थाहा रहेछ । लौ न भनिदिनु पर्यो ! नाम, ठेगाना भए सजिलो हुन्थ्यो’ खनालले ट्वीट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?