+
+

अत्यधिक गर्मीले चिलीको ३५ हजार एकड क्षेत्रमा आगलागी, १३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते २१:०६

२१ माघ, काठमाडौं । चिलीमा अत्यधिक गर्मीका कारण १३ जनाको मृत्यु भएको छ । त्यहाँको मौसम विभागले आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिएको छ ।

गर्मीको लहरका कारण चिलीका करिब १४ हजार हेक्टर (३५ हजार एकड) क्षेत्रफलमामा आगो फैलिएको छ । आगलागीमा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर टाढा रहेको सान्ता जुआना शहरमा अग्नि नियन्त्रकसहित ११ जनाको मृत्यु भएको छ ।

चिलीको कृषि मन्त्रालयका अनुसार आपतकालीन सहयोगका लागि आएको हेलिकप्टर पनि ला अराउकानियामा दुर्घटनाग्रस्त हुँदा एक पाइलट र एक मेकानिकको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

आगो निभाउन थप सेना परिचालन गरिएको छ । देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिएकी छन् । आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिइएको छ ।

बढ्दो आगलागी नियन्त्रण गर्न अर्जेन्टिना र ब्राजिलका ६३ वटा विमान आगो निभाउने प्रयासमा छन् । राष्ट्रपति गाब्रिएल बोरिकले शुक्रबार आफ्नो बिदा घटाएर न्युबल र बायोबायो भ्रमण गरेका छन्। यी दुई क्षेत्रको कुल जनसङ्ख्या करिब २० लाख छ ।

बोरिकले आपतकालमा मानिसहरूलाई कम से कम समस्या होस् भनेर सबै स्रोतहरू उपलब्ध गराउनु राष्ट्रपतिको रूपमा आफ्नो पहिलो दायित्व रहने बताएका छन् ।

आगलागीका कारण राजमार्गमा समेत क्षति पुगेको छ, जसका कारण यात्रुलाई आवतजावतमा निकै समस्या भएको छ । यस अवधिमा धेरै बस्तीहरू खाली गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले न्यूबलको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस रहने प्रक्षेपण गरेको छ । यस अवधिमा चल्न सक्ने तीब्र हावाहुरीले स्थिति थप बिग्रने खतरा औंल्याइएको छ ।

एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?