+
+

सरकारबारे रास्वपाले लिएन कुनै निर्णय, आइतबार फेरि बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते २३:१५

२१ माघ, काठमाडौं । सरकारमा रहने वा छाड्ने विषयमा निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार पुन: बस्ने गरी सकिएको छ ।

शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले भोलि फेरि बस्ने गरी बैठक सकिएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको बैठकले पार्टीको मागबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दुई दिनको समय दिएको थियो । शनिबार उक्त समय सकिएपछि रास्वपाले सरकारमा रहने वा छाड्ने निर्णय गर्ने अपेक्षा गरिएको थियो ।

प्रमुख सचेतक परियारका अनुसार आकस्मिक रुपमा बोलाएको बैठकमा कतिपय नेता सहभागी नभएको र भएकाहरुको पनि बोल्ने क्रम नसकिएकाले आइतबार साढे ११ बजे बस्ने गरी शनिबारको बैठक सकिएको हो ।

‘आजको बैठकमा उपनिर्वाचन (चितवन २ को) चाँडै हुनुपर्‍यो र हामी कसरी जाने भन्ने विषयमा छलफल भयो, राष्ट्रपति चुनावको विषयमा पनि छलफल भयो, भोलि फेरि साढे ११ बजे बैठक बस्नेछ’ उनले भने ।

आइतबार प्रतिनिधिसभाको बैठक पनि बोलाइएको छ । रास्वपा सांसदहरुले पार्टीको बैठक सकेर संसद बैठकमा सहभागी हुने बताएका छन् ।

रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूलाई दिन माग गरिरहेको छ । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय दिन अस्वीकार गरेका छन् । रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।

पछिल्लो पटक प्रधानमन्त्रीले गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन रास्वपालाई प्रस्ताव पठाएका रास्वपाका एक नेताले पुष्टि गरेका छन्  । तर शनिबारको बैठकले यसबारे निर्णय लिन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?