+
+

साम्राज्ञीकै कारण भुवन केसीले ‘ह्यारीकी प्यारी’ नहेर्ने भनेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १३:०९

काठमाडौं । अभिनेता भुवन केसीले साम्राज्ञी शाहको प्रमुख भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ हेर्न अस्वीकार गरेका छन् । यो कुराको खुलासा फिल्म निर्देशक डा. कपिल रिजालले मिडियासामु गरेका छन् ।

‘म गएर उहाँलाई आउनुस् भनेको थिएँ । अनि उहाँले म आउँदिन भन्नुभयो । अनि त्यसैले मैले निम्तो पनि दिइनँ,’ रिजालले भने ।

हुन सक्छ यही कारण भुवन ह्यारीकी प्यारीको प्रिमियरमा पनि उपस्थित भएनन् । केसीले आउँदिन भनेपछि निम्तो नगरिएको बताउँदै मिडियासामु रिजालले दुखेसो पनि पोखे । ‘ह्यारीकी प्यारी’ फिल्म नहेर्ने भुवनको यो कार्यले अभिनेत्री साम्राज्ञी शाहसँगको विगतको तुष अझै बाँकी छ भन्ने शंकालाई बल मिल्छ । साम्राज्ञी र जितु नेपालको प्रमुख भूमिका रहेको फिल्म ह्यारीकी प्यारीले बुधबार प्रिमियर गरेको थियो ।

भुवन र साम्राज्ञीबीचको विवाद बुझ्न केही वर्षअघि पुग्नुपर्छ जतिबेला यी दुईबीच सामाजिक सञ्जालमा भनाभन भएको थियो । ‘ड्रिम्स’ निर्देशक र डेब्यु अभिनेत्रीबीचको उक्त विवादपछि बोलचाल छैन । साम्राज्ञीले भुवनमाथि दुव्र्यवहारको आरोप लगाएपछि पहिलोपटक यो विवाद सतहमा आएको थियो । त्यसयता पनि यी दुईबीच हार्दिक सम्बन्ध बनिसकेको छैन भन्ने हालैको ह्यारीकी प्यारी नहेर्ने भन्ने भुवनको जवाफले पुष्टि गर्छ ।

कपिल रिजाल निर्देशित यो सोसल र रोमान्टिक ड्रामा फिल्म अहिले हलमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?