+
+

ओलीको सम्बोधन सुनेपछि चित्रबहादुर केसीले भने : प्रधानमन्त्री उहाँ नै हो जस्तो लाग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १६:४५

२२ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन सुन्दा उनी नै प्रधानमन्त्री भएको भान परेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ओलीका सबै भनाइहरु सुन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नभई ओली नै हो भन्ने भान परेको बताएका हुन् ।

‘मैले के निष्कर्ष निकालेको छु भने अहिलेका प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल होइन, उहाँ नै हो । उहाँलाई चिन्ता पुष्पकमलले सहमतिमा जानुपर्छ भन्दा २६ गते नै आतंकित हुनुभएको छ । अहिले उहाँले गरेका कुरा गणतन्त्र र २०६२/६३ को आन्दोलनका उपलब्धिका लागि हानिकारक छ’ उनले भने ।

एमाले अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको विगत सरकारको आलोचना गर्दै अहिलेको सरकारले गर्ने काम भन्दै विभिन्न योजना सुनाएका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए ।

‘अघि पूर्वप्रधानमन्त्रीले जे कुरा गर्नुभयो, नयाँ आएका साथीहरुलाई आश्चर्य लाग्नसक्छ । उहाँले रनभूल पार्न सक्नुहुन्छ । हामी त संसदमा पहिल्यैदेखि छौं नि । उहाँलाई देखेका छौं, सरकारमा, संसदमा बसेका छौं । उहाँले जे जति आकाश पाताल जोडेर कुरा गर्नुभयो, त्यसको मुख्य कारण नेपाली कांग्रेसले राष्ट्रपतिमा जुल्कीहुल्की गरेको हुनाले सातोपुत्लो गएको छ, मुख्य कुरा त्यही हो’ केसीले भने ।

सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा गोहीको आँसु बगाएको भन्दै आलोचना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?