+
+
Shares

चितवन-२ मा उपनिर्वाचन गर्नुपर्दैन : उमेश श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १८:४९

२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले रवि लामिछाने सांसद पद खारेज भए पनि चितवन–२ मा उपनिर्वाचन गर्न आवश्यक नभएको बताएका छन् । सो क्षेत्रबाट ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका लामिछाने पदमुक्त भएपछि दोस्रो धेरै मत ल्याउने आफूलाई निर्वाचित घोषणा गर्न उनले माग गरेका छन् ।

४ मंसिरको चुनावमा श्रेष्ठले चिवतन–२ बाट १४ हजार ९८३ मत पाएका थिए । आइतबार पत्रकार सम्मेलन गरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको उम्मेदवारी नै अवैध भएकाले आफू स्वतः निर्वाचित भएको उनको दावी छ । ‘कानुनको नजरमा उनी निर्वाचित सांसद होइनन्’, श्रेष्ठले भने, ‘उपनिर्वाचन हुन विधिवत निर्वाचित भएको हुनुपर्दछ ।’

उनले अगाडि भने, ‘वैधानिक उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने म हुँ । यो तथ्यलाई निर्वाचन आयोगले अस्वीकार गर्न मिल्दैन ।’

श्रेष्ठले आफूलाई स्वतः निर्वाचित गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन पेश गरेका छन् । आयोगले आफ्नो पक्षमा निर्णय नलिए सर्वोच्च अदालतमा जाने उनले बताए । कानुन व्यवसायीहरुको राय अनुसार अघि बढेको श्रेष्ठको भनाइ छ ।

संविधानले व्यवस्था गरेको प्रावधान भन्दा पृथक अवस्था रहेकाले नयाँ नजिर स्थापना हुनुपर्ने श्रेष्ठको जिकिर छ ।

‘कात्तिक २६ र २७ मा रविको नागरिकताविरुद्ध उजुरी परेको थियो’, श्रेष्ठले भने, ‘निर्वाचन आयोगले समयमा छानबिन नगर्दा यो अवस्था बनेको हो ।’ पुनः निर्वाचन गरेर राज्यको बजेट खर्च गर्न नहुने भन्दै श्रेष्ठले कानुनले चिन्दै नचिनेको व्यक्तिले चुनाव जितेको मान्न नसकिने उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?