+
+

ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १९:२५

२२ माघ, काठमाडौं । प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाको ट्रायल सेन्टरबाट २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको बिरगञ्ज महानगरपालिका-२४ रामगढवा बस्‍ने बस्‍ने २० वर्षीय सर्दुन अन्सारी रहेका छन् ।

उनले पर्सा सखुवा प्रसौनी गाउँपालिका ३ बस्‍ने ३६ वर्षीय निजामोद्दीन अन्सारीको ठाउँमा लाइसेन्सको ट्रायल परीक्षा दिएका थिए ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?