+
+

हेल्मेटसम्म नदिई अग्ला पोलमा चढाइन्छ श्रमिकलाई (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०७९ माघ २३ गते १३:३५

२३ माघ, काठमाडौं । आइतबार बानेश्वरमा सोलारका अग्ला पोलहरुमा सोलार प्यानलको सफाइ चल्दै थियो । सोलार प्यानलमा धुलो जम्मा हुँदा घाम लाग्दा पनि राम्रोसँग ब्याट्री चार्ज नहुने समस्या समाधान गर्न यो जरुरी पनि देखिन्थ्यो ।

तर, प्यानल सफा गर्न चढेका श्रमिक यति असुरक्षित तवरले काम गरिरहेका थिए, त्यसले जिम्मेवार कम्पनी र निकायहरु श्रमिकहरुको कार्यस्थल सुरक्षामा हुने गरेको लापरवाहीलाई उजागर गरेको छ ।

पोलमा एउटा डोरी (सुरक्ष पेटी) समेत नबाँधी र टाउकोमा हेल्मेटसम्म नगलाई पोल चढेका श्रमिक जति बेला पनि दुर्घटनामा परेर तल लड्न सक्ने वा बाक्लो सवारी गुडिरहेका सडकमा बज्रिनसक्ने जोखिम देखिन्छ ।

पोलमा विज्ञापन राखेर आम्दानी गरिरहेका कम्पनीले प्यानल सफाइमा यति असुरक्षित तवरले श्रमिक काममा लगाइरहँदा कुनै पनि सरकारवाला निकायले ध्यान दिने गरेका छैनन् ।

यसले श्रमजन्य सुरक्षाको मामिलामा सरकारी निकाय कति गैरजिम्मेवार छन् भन्ने स्पष्ट हुन्छ । सरकारले श्रमिकलाई पनि यस्ता सुरक्षा पक्षमा सचेतना दिलाउन पनि काम गरेको छैन ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?