+
+

कार्ल्सबर्गको सेयर झण्डै एक खर्ब रूपैयाँमा बेच्दै खेतान समूह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते २१:२६

२४ माघ, काठमाडौं । खेतान ग्रुपले मदिरा उत्पादक कम्पनी कार्ल्सबर्गलाई गोर्खा ब्रुअरीको थप सेयर स्वामित्व बेच्न ठूलो ‘डिल’ प्रस्ताव गरेको छ । यसअनुसार डेनमार्कमूलको कार्ल्सबर्गले खेतान ग्रुपसँग अन्तरनिहीत रहेको गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियाको  झण्डै ३३ प्रतिशत सेयर खरिद गर्न करिब एक खर्ब रूपैयाँको अफर गरेको छ ।

करिब ७४ करोड ४० लाख अमेरिकी डलर अर्थात करिब ९८ अर्ब रुपैयाँमा यो डिल प्रस्ताव भएको छ । नेपालको गोर्खा ब्रुअरीमा खेतान ग्रुपका अध्यक्ष रहेका राजेन्द्र खेतानको १० प्रतिशत सेयर छ । त्यसबाहेक ९० प्रतिशत सेयर सिंगापुरको कार्ल्सबर्ग साउथ एशिया पीटीई लिमिटेड (सीएसएपीएल)सँग छ ।

सीएसएपीएलमा अहिलेसम्म गैरआवासीय नेपाली सीपी खेतान स्वामित्वको एसएपीएल होल्डिंग्स पीटीई लिमिटेड (सीएसएपीएलएच) को ३३ प्रतिशत सेयर छ । प्रस्तावअनुसार सीपीले अब आफ्नो सीएसएपीएलएचको ३३ प्रतिशत सेयर करिब ९८ अर्ब ६७ करोड रुपैयाँमा सीएसएपीएललाई बेच्न खोजेका छन् ।

प्रस्ताव अनुसार ‘डिल’ सम्पन्न भए गोर्खा ब्रुअरीमा सीएसएपीएलएचमार्फत अन्तरनिहीत रहेको खेतान समूहको ३३ प्रतिशत र कार्ल्सबर्ग इन्डियामा रहेको ३३ प्रतिशत सेयर दुवै कार्ल्सबर्ग डेनमार्क अन्तरगतको सीएसएपीएलको हुनेछ । त्यसअनुसार गोर्खा ब्रुअरीमा ९० प्रतिशत सेयर र कार्ल्सबर्ग इन्डियामा शतप्रतिशत सेयर कार्ल्सबर्गकै स्वामित्वमा जानेछ । यसले यी दुवै कम्पनीका व्यवस्थापन र निर्णायक तहमा कार्ल्सबर्ग नै रहनेछ ।

केही समयअघि कार्ल्सबर्ग र खेतान ग्रुपबीच गोर्खा ब्रुअरीको व्यवस्थापनको नेतृत्व कसले गर्ने भन्नेमा विवाद भएको थियो । त्यसैकारण सिंगापुरको मध्यस्थता न्यायधिकरण (आर्बिट्रेसन)मा विवाद समाधानका लागि मुद्दा पुगेको थियो । न्यायधिकरणले काल्सबर्गलाई सीएसएपीएलमा खेतान समूहको सेयरहरु कल गर्ने अधिकार दिएको थियो ।

त्यसका आधारमा भएको स्वतन्त्र मूल्यांकनमा कम्पनीको सीएसएपीएलमा रहेको सीपी खोतान स्वामित्वको सीएसएपीएलएचको सेयरको मूल्य ७४ करोड ४० लाख डलर बराबर भएको ठहर भएको थियो । त्यसकै आधारमा सीएसएपीएलएचले सेयर बेच्न प्रस्ताव गरेको जानकारी कार्ल्सबर्गले मंगलबार सार्वजनिक गरेको हो ।

यो प्रस्तावअनुसार नै डिल सकिएमा यो नेपालको इतिहासमै कम्पनीको सेयर किनबेचमध्येको एक ठूलो डिल हुनेछ । यसअनुसार गोर्खा ब्रुअरीमा रहेका राजेन्द्र खेतानको १० प्रतिशत सेयर भने कायम नै रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?