+
+

फागुनदेखि भीमफेदी हुँदै काठमाडौं आउने सडक बन्द, वैकल्पिक सडक तोकिए

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १९:२६

२४ माघ, काठमाडौं । १ फागुनदेखि हेटौंडाबाट भीमफेदी काठमाडौं आउने छोटो दूरीको मार्ग बन्द हुने भएको छ । बाग्मती प्रदेश सरकारले हेटौंडाबाट काठमाडौं आउन प्रयोग हुने भैंसे–भीमफेदी र हुमाने–फर्फिङ खण्डको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने निर्णय गरेर कार्ययोजना तयार गरेको छ । त्यसैगरी बैठकले सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको कामलाई पनि अघि बढाउने निर्णय पनि गरेको छ ।

सडक निर्माणलाई तीव्रता दिन आगामी फागुन १ देखि २ महिनासम्म यी तीनवटै सडक खण्डहरुमा यातायात सेवा बन्द गर्ने निर्णय भएको छ । बाग्मतीका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय, मकवानपुर, प्रदेश प्रहरी, ट्राफिक प्रहरी कार्यालय, स्थानीय तहहरु, आयोजना कार्यालयहरु, यातायात समितिहरु, निर्माण व्यवसायीहरु लगायत सम्बन्धित सबै पक्षको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त सडक खण्ड बन्द रहिन्जेल हेटौंडाबाट काठमाडौं आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी खण्डलाई वैकल्पिक सडकका रुपमा तोकेको छ ।काठमाडौंबाट हेटौंडा जानन कान्ति लोकपथ प्रयोग गर्ने निर्णय पनि भएको मन्त्री गंगा श्रेष्ठले समाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?