+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन भोलिदेखि दैनिक चार घण्टा बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते ८:३७

२५ माघ, काठमाडौं । बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन बिहीबार (भोलि)देखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाले सूचना जारी गर्दै माघ २६ गतेदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत प्रसारण रोकिने जानकारी दिएको हो ।

कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१३ बडेरास्थित न्यु बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसिटी १६ को टावर निर्माण गर्नुपर्ने भएकाले बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन बन्द हुने सूचनामा लेखिएको छ ।

प्रसारण लाइन बन्द हुँदा नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल, मैनीहवा सब स्टेसनहरुबाट सन्चालित औद्योगिक तथा आवश्यकता अनुसार अन्य ग्राहकहरुमा पनि विद्युत सेवा अबरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?