+
+

‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन ल्याउँदै विक्की र श्रद्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १२:३५

काठमाडौं । विक्की अग्रवाल र श्रद्धा प्रसाईंले रोस्टिङ टेलिभिजन शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन ल्याउने भएका छन् । पहिलो सिजन सकिएपछि इन्गेजमेन्ट समेत गरेको यो जोडीले शोको दोस्रो सिजनको तयारी थालेको छ ।

निर्देशक समेत रहेकी श्रद्धाले आगामी मार्चदेखि सिजन सुरु हुने बताइन् । ‘दोस्रो सिजन कहिले आउँछ भन्ने प्रश्न धेरै आए । हामी अहिले यसकै तयारीमा छौं,’ उनले भनिन्, ‘आन्तरिक काम भइरहेको छ, मार्चबाट छायांकन सुरु हुन्छ ।’ उनका अनुसार यसपटक शो अझ रमाइलो हुनेछ । केही कुरामा परिवर्तन ल्याउने तयारी छ ।

शोका कन्सेप्ट क्रिएटर, सेट डिजाइनर तथा होस्ट अग्रवालले पनि दोस्रो सिजनलाई लिएर आफूहरु उत्साहित रहेको बताए । पहिलो सिजनलाई दर्शकले दिएको मायाका कारण दोस्रो सिजन ल्याउन लागेको उनले बताए । ‘हामीले नेपालका लागि नै पहिलो रोस्ट शो सुरु गरेका थियौं । राम्रो प्रतिक्रिया पाएका थियौं । रोस्ट शो भएकाले दर्शक र शोमा उपस्थित हुने गेस्टले पनि नयाँ अनुभूति गर्न पाउनुभयो । दोस्रो सिजनमा पनि थप रोचक हुनेछ,’ विक्कीले भने ।

विक्कीका अनुसार शोमा पहिलो सिजनमा फिचर्ड भएकी विना त्रिपाठी (डिजे माया)लाई फरक ढंगबाट प्रस्तुत गरिनेछ । साथै यसपटक केही सेग्मेन्ट र केही कमेडियन थपिने उनले जानकारी दिए । दोस्रो सिजन २२ भागको रहनेछ ।

शोमा सुशान्त बस्याल र विकास अग्रवालले स्क्रिप्ट लेख्नेछन् । प्रमोद अर्यालको छायांकन निर्देशन रहने यो शोलाई माधव बेल्वासेले सम्पादन गर्नेछन् । साथै शोको अडियो डिजाइनरमा देव न्यौपाने हुनेछन् । शोको मिडिया सहजीकरणमा गोपीकृष्ण चापागाईं छन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल छ । कार्यकारी निर्माता अमनप्रताप अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?