+
+

संसद हो कि चुनावी सभा छुट्याउन गाह्रो भयो : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १२:५१

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गरेका छन् ।

आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको उनले सुनाए ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सांसद पोडैलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको बताए । उनले अघि भने, ‘मलाई यो संसद होकि चुनावी सभा हो ? छुटयाउन गाह्रो भइरहेको छ ।’

मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै उनले त्यसको अन्त्य गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?