+
+
Shares

माओवादी केन्द्र र माओवादी समाजवादीले पार्टी एकता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १९:२९

२६ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता भएको छ।

माओवादी केन्द्रको मुख्यालय, पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी(सुशील) र उपाध्यक्ष उपाध्यक्ष तिलक मगर सहभागी थिए।

वार्तामा दुई पार्टीको एकताका बैचारिक आधारबारे खुलेर छलफल भएको र निकट दिनमै एकता गरेर अगाडि बढ्ने सहमति भएको बुझिएको छ।

बुढाथोकी र मगर दुबै माओवादी तर्फबाट संविधानसभा सदस्य थिए। माओवादी केन्द्र र एमालेबीचको एकताप्रति असहमत भएर गोपाल किराँतीले माओवादी केन्द्र नाममै राजनीतिक सक्रियता जारी राखेपछि उनीहरू दुबैजना किराँती समूहमा थिए।

पछि किराँतीले बैचारिक अस्पष्टता देखाएको भन्दै उनलाई हटाएर बुढाथोकी अध्यक्ष भएका थिए। र, पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी समाजवादी बनाएका थिए। देशव्यापी पार्टी संयन्त्र भएको माओवादी समाजवादी विप्लव, आहुती, ऋषि कट्टेल समेत सम्मिलित संयुक्त मोर्चाको एक सक्रिय पार्टी हो।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले बिचार मिल्ने बाम दलहरूबीच एकताका लागि वार्ता समिति नै बनाएको थियो।

समितिले धेरै घटकहरूबीच औपचारिक-अनौपचारिक एकता वार्ता सम्पन्न गरिसकेको छ। उपाध्यक्ष महराको संयोजकत्वमा गठित समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?