+
+

निमावि तहमा एक हजार ५६ शिक्षकको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १२:२२

२७ माघ, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ ।

आयोगले शुक्रबार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गरेको हो ।

आयोगले नेपाली विषयको लागि ६५ रिक्त पदमा, अंग्रेजी विषयको लागि ११६ रिक्त पदमा, गणित विषयको लागि १४४ रिक्त पदमा, विज्ञान विषयको लागि २८२ रिक्त पदमा देशभरबाट आवेदन माग गरेको छ ।

त्यस्तैगरी सामाजिक विषयमा ८९ जना शिक्षक, गणित/विज्ञानमा ३५१ जना शिक्षक, शुक्लयजुर्वेद विषयका लागि एक जना, संस्कृत व्याकरणको लागि तीन जना, संस्कृत भाषाका लागि ४ जना र संस्कृत कर्मकाण्ड विषयका लागि १ जना रिक्त दरबन्दीमा शिक्षक माग गरेको छ ।

इच्छुक उम्मेदवारले फागुन २८ गतेसम्म नियमित दस्तुरमा र चैत ५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नेछन् । परीक्षा २०८० साल बैशाख ९ गते सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?