+
+

लागूऔषध सेवन गरेर सवारीसाधन चलाएको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १३:४५

२७ माघ, काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागूऔषध सेवन गरेर सवारीसाधन चलाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पिकअप जीपका चालक गणेश कार्की, मोटरसाइकल चालक अंकित भट्टराई र सुमन रावत छन् ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग बूढानीलकण्ठले गरेको आकस्मिक चेकजाँचमा ३ जनाले लागूऔषध सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?