+
+

लुम्बिनीमा टुंगियो मन्त्रालय भागवण्डा , एमालेले छान्यो तीन मन्त्री

टोपराज शर्मा टोपराज शर्मा
२०७९ माघ २७ गते २२:३५

२७ माघ,बुटवल । लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागवण्डा टुंगो लागेको छ । मन्त्रालय बाँडफाँट टुंगो लागेसँगै आइतबार दिउँसो १ बजे मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम तय भएको ट ।

सत्ता साझेदार दलहरुबीच शुक्रबार भएको सहमति अनुसार नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पााउने भएको छ । तर जनता समाजवादी पार्टी (जसपा) सरकारमा आउन चाहे एमालेले पाएको एउटा एउटा मन्त्रालय उसलाई दिने समझदारी छ ।

माओवादी केन्द्रले तीन मन्त्रालय पाएको छ । जनमत र राप्रपालाई एक/एक मन्त्रालय दिने गरी टुंगो लागेको छ ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेबाट ग्रामीण तथा शहरी विकास, कपिलवस्तुका विष्णु पन्थी स्वास्थ्य, बाँकेका दुर्गाप्रसाद चौधरी सामाजिक विकास र प्यूठानका तुलसीराम शर्मा कृषि तथा सहकारीमन्त्री बन्ने लगभग पक्का भएको छ । २७ पुसमै मन्त्री बनेका अर्घाखाँचीका चेतनारायण आचार्यले जलस्रोत व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

माओवादी केन्द्रले आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने भएको छ । माओवादीबाट आर्थिक मामिला मन्त्रालयमा संसदीय दलका नेता जोखबहादुर महरा जाने सम्भावना छ । कृष्णा केसी पुस २७ गते नै विना विभागीय मन्त्री नियुक्त भएकी थिइन् । माओवादीबाट एकजना मन्त्रीको टुंगो लाग्न बाँकी छ ।

नेताहरुका अनुसार रोल्पाका दीपेन्द्र पुन, दाङका इन्द्रजित थारु र धनबहादुर मास्की मन्त्री बन्ने दौडमा छन् ।

राप्रपाले यातायात, उद्योग, पर्यटन तथा भुमि व्यवस्था मन्त्रालय पाउने भएको छ भने जनमत पार्टीले वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।

राप्रपाबाट कपिलवस्तुका जानकीप्रसाद यादव र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता मन्त्री बन्दै छन् । यादव कपिलवस्तु ३ (२)बाट र गुप्ता रूपन्देही ५ (२)बाट निर्वाचित हुन् । पुस २७ गते मुख्यमन्त्री बन्दा प्रदेशसभामा रहेका १० दल मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा नजाने भएको छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारमा आउन चाहे जसपालाई हाल एमालेको भागमा परेको एउटा मन्त्रालय दिइने छ । लोसपालाई भने विषयगत समिति मात्र दिने गरी तयारी छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?