+
+

राजन रोकायले जिते प्रधानसेनापनि म्याराथन उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २८ गते १४:२७

२८ माघ, काठमाडौं । आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायले जितेका छन् । ४२.१९५ किलोमिटर म्याराथनको शीर्ष तीनमा आर्मीकै धावकहरुको वर्चश्व रह्यो ।

नेपाल आर्मीको मुख्यालय भद्रकालीमा शनिबार आयोजित म्याराथनमा राजनले निर्धारित दूरी २ घण्टा २० मिनेट ८ सेकेण्डमा पूरा गरे ।

गत मंसिरमा सम्पन्न नेपालगन्ज म्याराथनको उपाधि जितेका आर्मीकै खडकबहादुर खड्काले २ घण्टा २१ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गरी दोस्रो हुँदा अघिल्लो संस्करणका च्याम्पियन कृष्ण बस्नेत तेस्रो भए । उनले २ घण्टा २२ मिनेट २२ सेकेण्डको टाइमिङ निकाले ।

हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै दीपक अधिकारी र महिलामा नेपाल पुलिसकी राजपुरा पछाईले उपाधि जिते । १३औं दक्षिण एसियाली खेलकुद सागका कांस्य विजेता दीपकले १ घण्टा ४ मिनेट ६ सेकेण्डसहित उपाधि जित्दा आर्मीकै मुकेश पाल १ घण्टा ४ मिनेट ५६ सेकेण्डको टाइमिङसहित उपविजेता बने । १ घण्टा ५ मिनेट १५ सेकेण्डमा दूरी पूरा गरेका बाग्लुङका तीर्थ पुन तेस्रो भए ।

महिलातर्फको उपाधि जितेकी राजपूराले १ घण्टा १४ मिनेट ३४ सेकेण्डमा दूरी पूरा गरिन् । १ घण्टा १९ मिनेट ३ सेकेण्डसहित आर्मीकी पूर्णलग्क्ष्मी न्यौपाने दोस्रो र १ घण्टा २१ मिनेट २९ सेकेण्डमा दूरी पूरा गरेकी आर्मीकै निर्मला केसी तेस्रो भइन् ।

सैनिक अधिकृत १० किलोमिटर दौडमा पुरुषतर्फ सुजन ऐडी र महिलातर्फ अस्मिता जिसीले उपाधि जिते । १० किलोमिटर छात्र÷छात्रामा क्रमसः पिनाकल एकेडेमीका विकेश घिमिरे र राष्ट्रिय सेवा दलकी सोनी घतानीले उपाधि जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?