+
+

३५ वर्षपछि भूकम्पले खोल्यो आर्मेनिया र टर्कीबीचको सिमाना

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते ६:४७

२९ माघ, इस्तानबुल । आर्मेनिया र टर्कीबीचको सिमाना मार्ग ३५ वर्षपछि पहिलो पटक खोलिएको छ । भूकम्पबाट क्षतविक्षत भएको टर्कीलाई मानवीय सहायता परिचालनका निम्ति उक्त बाटो खोलिएको सरकारी अधिकारीले बताएका छन् ।

औषधि, खाद्य पदार्थ र पानी बोकेका पाँच वटा ट्रक एलिकन सीमाबा टर्की आइपुगेका आर्मेनियासँग वार्ता गरेका टर्कीका विशेष दूत सेरदार किलिकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले आर्मेनियाली राष्ट्रियसभाका उपाध्यक्ष रुबेन रुबिन्यानप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

गत सोमबारको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पले टर्कीए र सिरियामा हालसम्म करिब २५ हजार मानिसले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन् । प्राकृतिक विपत्तिलाई दृष्टिगत गरी उक्त बाटो खोलिएको बताइएको छ ।

यसअघि उक्त बाटो सन् १९८८ मा आर्मेनियाली भूकम्प पीडितलाई सघाउन खोलिएको थियो । त्यस बेला झण्डै ३० हजार आर्मेनियालीको ज्यान गएको थियो ।

टर्कीए र आर्मेनियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको छैन । यद्यपि सन् २०२१ को डिसेम्बरमा दुवै देशले पारस्परिक सम्बन्धलाई सामान्य बनाउन विशेष दूत नियुक्त गरेका छन् ।

दुवै देशका साझा सिमाना सन् नब्बेको दशकदेखि बन्द छन् । गत वर्षदेखि दुवै मुलुकले व्यावसायिक उडान भने सञ्चालन गरेका छन् । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?