+
+

रियल मड्रिडले पाँचौंपल्ट जित्यो क्लब विश्वकप उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते ८:४५

२९ माघ, काठमाडौं । साउदी अरबको अल हिलाललाई ५-३ गोलअन्तरले पराजित गरी स्पेनिस महारथी रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

मोरक्कोमा भएको फाइनलमा रियलका लागि भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले २-२ तथा करिम बेन्जेमाले १ गोल गरे । अल हिलालका मोउसा मेरेगाले १ र लुसियानो भेट्टोले २ गोल गरे ।

रियलले कीर्तिमान विस्तारित पाँचौँ पल्ट क्लब विश्वकपको उपाधि जितेको हो। रियलले सन् २०१४ देखि २०१८ को बीचमा चारपल्ट यो प्रतियोगिता जितेको थियो ।

सन् २०२५ देखि फिफाले क्लब विश्वकपको संरचना परिवर्तन गरी विश्वकपजस्तै विश्वभरबाट टिम छनौट गरी ३२ टिमको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागेको छ । हरेक चार वर्षमा आयोजना हुने सो प्रतियोगिताको पहिलो संस्करण मोरक्कोमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?