+
+

आर्सनल बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते ९:१४

२९ माघ, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल शनिवार भएको खेलमा ब्रेन्टफोर्डसँग १-१ को बराबरीमा रोकिएको छ ।

अघिल्लो खेलमा एभरटनसँग पराजित भएको आर्सनलले लिगमा लगातार अंक गुमाउँदा घाटा लागेको छ ।

दुई खेलमा गरेर आर्सनलले पाँच अंक गुमाइसकेको छ । आर्सनल र दोस्रो स्थानको म्यानचेष्टरबीच अब ६ अंकको मात्र फरक छ ।

घरेलु मैदानमा भएको खेलमा आर्नलका लागि लिओन्ड्रो ट्रोसार्डले ६६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले बुकायो साकाको पासमा गोल गरेका थिए । तर त्यसको आठ मिनेटपछि नै ब्रेन्टफोर्डका इभान टोनीले बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि आर्नलको २१ खेलबाट ५१ अंक भएको छ । समान खेलबाट सिटी ४५ अंकसहित दोस्रो स्थानमा छ ।

ब्रेन्टफोर्ड २२ खेलबाट ३४ अंक जोडेर आठौं स्थानमा छ ।

प्रिमियर लिगकै अन्य खेलहरुमा शनिवार ठूला क्लबहरुको प्रदर्शन कमजोर रह्यो ।

चौथो स्थानको न्युकासल युनाइटेड एएफसी बर्नमाउथसँग १-१ कै बराबरीमा रोकियो । यस्तै पाँचौ स्थानको टोटनहम लेस्टर सिटीसँग ४-१ ले पराजित भयो ।

उता लण्डन डर्बीमा चेल्सी सुरुवाती अग्रता लिएर पनि वेष्टह्यामसँग १-१ कै बराबरीमा रोकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?